सुकुम्बासी बस्ती बन्यो गाँजाको कारोबारस्थल
मोरङ प्रहरीले दुई जनालाई गाँजासहित पक्राउ गरेको छ । सुन्दरहरैचा नगरपालिका १०, सुकुम्बासी बस्तीकी ६९ वर्षीया फूलमाया दर्जी र बेलबारी नगरपालिका २ का ३४ वर्षीय उमेश दाहाललाई प्रहरीले गाँजासहित नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको टोलीले गएराति उनीहरुलाई एक केजी गाँजासहित नियन्त्रणमा लिएको जनाएको छ । फूलमायाले खुलमखुल्ला गाँजाको बिक्रीवितरण गर्दै आइरहेको सूचना प्रहरीले पाएको थियो ।
उमेश पनि प्रहरीले फूलमायालाई नियन्त्रणमा लिने बेलामा त्यहाँ गाँजा किन्न पुगेका थिए । सोही क्रममा प्रहरीले उनीहरुलाई गाँजासहित पक्रेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
टिप्पणीहरू