श्रीमती हत्याको अभियोगमा श्रीमान् पक्राउ

श्रीमती हत्याको अभियोगमा श्रीमान् पक्राउ

श्रीमती हत्याका एक अभियुक्त पक्राउ परेका छन् । सप्तरीको शम्भुनाथ नगरपालिका-५ मोहनपुरका ईनरदेव चौधरी आफ्नै श्रीमती मारेको आरोपमा समातिएका हुन् । 

चौधरीले श्रीमती ३२ वर्षीया किरणकुमारीको हत्या गरेको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी कठौना र ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले उनलाई हिजो दिउँसो नियन्त्रणमा लिएको जनाएको छ । 

प्रहरीका अनुसार खाना खाई आफ्नो कोठामा सुतेकी किरण बेहोस अवस्था फेला परेपछि उनलाई तत्कालै उपचारको लागि कठौनास्थित कृष्ण अस्पताल लगिएको थियो । 

उपचारको क्रममा उनको मृत्यु भएपछि सोधपुछको क्रममा श्रीमान चौधरीको त्यसमा संलग्नता रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू