पावर बैंकमा लागुपदार्थ, दोहा हुँदै दिल्ली जान रोक
मोबाइल चार्ज गर्ने पावर बैंकभित्र लुकाएर भारत लैजान लागिएको लागूऔषधसहित संलग्न व्यक्ति पक्राउ परेका छन् ।
नेपाल एयरलाइन्सको जहाजमा काठमाडौँबाट कतारको दोहा ट्रान्जिट भई दिल्ली उड्न लागेका भारतीय नागरिक लागूपदार्थसहित एअरपोर्टबाट समातिएका हुन् । समातिनेमा नेपाल एयरको उडान नम्बर आरए २१७ मा आज दिउँसो १३:२५ बजे दोहा हुँदै दिल्ली जान लागेका भारतीय पासपोर्ट होल्डर सुरजित कुमार छन् ।
प्रहरीका अनुसार उनीमाथि शंका लागेर चेकजाँच गर्दा पावर बैंकभित्र लुकाएको अवस्थामा लागुपदार्थ भेटिएको हो । विमानस्थलको ह्याण्ड ब्याग चेकिङ्ग एरियामा पक्राउ परेका सुरजितमाथि थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
टिप्पणीहरू