गाउँपालिकाका इञ्जिनियर घूससहित पक्राउ

गाउँपालिकाका इञ्जिनियर घूससहित पक्राउ

रुपन्देहीमा एक जना इञ्जिनियर घूससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले  रुपन्देहीको कोटहिमाई गाउपालिकाका इञ्जिनियरलाई नियन्त्रणमा लिएको जानकारी दिइएको छ । 

इञ्जिनियर अरविन्दकुमार यादवलाई ४५ हजार रूपैयाँ घूससहित पक्राउ गरिएको हो । आयोगको बुटवल कार्यालयका सूचना अधिकृत भेषराज रिजालका अनुसार गाउँपालिकामा सम्पन्न निर्माण कार्यको भुक्तानीको क्रममा उनले घूस लिएका हुन् । 

यादवलाई ४५ हजार रुपैयाँ घूस लिँदै गरेको अवस्थामा गाउँपालिकाको कार्यालयबाटै पक्राउ गरिएको हो ।

टिप्पणीहरू