मोरङमा लागुऔषध अम्मली र कारोबारी समातिए
मोरङमा लागुऔषधसहित तीन युवा पक्राउ परेका छन् । लेटाङ नगरपालिका क्षेत्रबाट विभिन्न किसिमका लागुऔषधसहित ती समातिएको प्रहरीले पुष्टि गरेको छ ।
लेटाङ नगरपालिका ८ का २६ वर्षीय अभिषेक दर्जी, २० वर्षीय दिवाहाङ राई र २० वर्षीय पवन बाग्दासलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई हिजो साँझ ट्रामाडोल ६४५ चक्की, ट्रामाडोलका खोल १० पत्ता, स्पासपेन ७५३ चक्की, गाँजा र गाँजा सेवनमा प्रयोग गरिने सामाग्रीसहित पक्रेको बताइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
टिप्पणीहरू