ग्वार्कोमा डलरको अवैध कारोबार

ग्वार्कोमा डलरको अवैध कारोबार

अमेरिकी डलरको अवैध कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्रेको छ ।  

ललितपुरको ग्वार्को बस्दै आएका ३४ वर्षीय सनमोहन श्रेष्ठलाई प्रहरीले अवैध रुपमा अमेरिकी डलरको ओसारपसार र कारोबार गरेको आरोपमा समातेको जनाइएको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा उनलाई ललितपुरको वकुबहालबाट नियन्त्रणमा लिएको जनाएको छ । 

प्रहरीले उनको साथबाट अस्ति सय दरको एक सय ९८ थान अमेरिकी डलर बरामद गरेको छ । श्रेष्ठलाई थप अनुसन्धान एवम् कारबाहीको निम्ति जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

टिप्पणीहरू