टेकूका ल्याब टेक्नोलोजिस्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर

टेकूका ल्याब टेक्नोलोजिस्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेकूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत ‘मेडिकल ल्याब टेक्नोलोजिस्ट’ लेखनाथ भट्टराई विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

घुस लिएको अभियोग लागेका उनलाई विशेष अदालतमा मुद्दा दायर गरिएको बताइएको छ । भट्टराईले प्रयोगशालामा दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने नाममा सेवाग्राहीसँग ५० हजार घूस लिएको बताइन्छ । 

उनलाई घूस लिँदै गरेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको थियो । आरोपी भट्टराईलाई बिगोबमोजिम कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको छ । आयोगले सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ का वडाध्यक्ष सबदुल मियाँविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उनले भवन निर्माण सम्पन्नको सिफारिसको नाममा सेवाग्राहीसँग ५० हजार घूस लिएका थिए । उनीविरुद्ध पनि बिगोबमोजिमको कारबाहीको माग गरिएको छ ।

टिप्पणीहरू