नाबालिगलाई प्रबेश दिने नाइट क्लवका अर्का सञ्चालक पनि समातिए

नाबालिगलाई प्रबेश दिने नाइट क्लवका अर्का सञ्चालक पनि समातिए

काठमाडौं ठमेलमा रहेको चर्चित नाइट क्लब एलओडीका सञ्चालक रुदिल बल्लव श्रेष्ठ समातिएका छन् । नाबालिगलाई क्लबभित्र प्रवेश गराएको आरोपमा प्रहरीले उनलाई आज पक्राउ गरेको हो ।  

 यसअघि सोही क्लबका अर्का सञ्चालक राजुसिंह सुवाल हिजो पक्राउ परेका थिए । जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर ललितपुर प्रहरी परिसरले उनीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । 

गत ३१ जेठमा एलओडीमा छिरेकी १६ वर्षीया बालिका सानेपामा बलात्कृत भएकी थिइन् । सोही घटनाले एलओडीका सञ्चालकद्वय श्रेष्ठ र सुवाललाई अनुसन्धान र कारबाहीको दायरामा समातेको प्रहरीले जनाएको छ । 

उनीहरुविरुद्ध बालबालिका सम्बन्धी ऐन २०७५ उल्लंघन गरेको आरोपमा मुद्दा चलाइने पनि प्रहरीको भनाई छ ।
 

टिप्पणीहरू