वडाध्यक्ष र वडा सचिव दुवै भ्रष्टाचारमा मुछिए

वडाध्यक्ष र वडा सचिव दुवै भ्रष्टाचारमा मुछिए

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको नगराइन नगरपालिका–२ का वडाध्यक्ष र वडा सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । वडाध्यक्ष वुलन यादव रसचिव अमृतनारायण मिश्रविरुद्ध विशेष आदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

उनीहरुले सडक निर्माण कार्य सम्पन्नको सिफारिस गरिदिएपछि सेवाग्राहीसँग घूस लिएका थिए । आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले ७० हजार घूस लिएको अवस्थामा यादव र मिश्रलाई नियन्त्रणमा लिएको थियो ।

दायर मुद्दामा उनीहरुविरुद्ध ७० हजार बिगो कायम गरिएको छ ।

टिप्पणीहरू