मोरङको जङ्गलमा दिउँसै लुटपाट

मोरङको जङ्गलमा दिउँसै लुटपाट

मोरङको पथरी–जाँते सडकखण्डअन्तर्गत चारकोशे जङ्गलमा दिउँसै लुटपाटको घटना हुन थालेको छ । घरेलु हतियारसहित चार जनाको समूहमा रहेका लुटेराले लेटाङ ८, जाँते भुपुटोलका ओमप्रकाश रानामगरलाई लुटपाट गरेको हो ।

पथरी बजारबाट जाँते फर्कने क्रममा उनीहरूले मगरको साथमा रहेको नगद तथा मोबाइल लुटपाट गरेको बताइएको छ । 

बाइकमा सवार रानामगरलाई लुटेराको समूहले हिजो खुकुरी प्रहार गरेपनि हेल्मेटमा लागेका कारण उनी जोगिएका हुन् । लुटेराहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

टिप्पणीहरू