ललिता निवास जग्गा प्रकरण बहालवाला सचिव पक्राउ
सञ्चार मन्त्रालयका सचिव कृष्ण बहादुर राउतलाई पक्राउ परेका छन् ।
ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी)ले राउतलाई नियन्त्रणमा लिएको हो । उनीमाथि भौतिक मन्त्रालयमा शाखा अधिकृत हुँदा ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोप छ ।
यो प्रकरणमा ५ पूर्वसचिवसहित ४ सयभन्दा बढी विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङसहित ९ जनालाई सिआइबीले नियन्त्रणमा लिएको छ ।
टिप्पणीहरू