जहाज चढ्नै लाग्दा समातिएका थिए सञ्चार मन्त्रालयका सचिव

जहाज चढ्नै लाग्दा समातिएका थिए सञ्चार मन्त्रालयका सचिव

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोप लागेका सञ्चार मन्त्रालयका सचिव कृष्ण बहादुर राउत पक्राउ परेका छन् । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले राउतलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आज साँझ नियन्त्रणमा लिएको हो । यति एयरको एनवाईटि-७९३ नम्बरको उडानबाट विराटनगर जाने क्रममा साँझ सवा पाँच बजे ब्युरोको टोलीले जहाजको ढोकाबाट उनलाई समातेको बताइएको छ । 

राउतमाथि भौतिक मन्त्रालयमा शाखा अधिकृत हुँदा ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोप लागेको छ । उनीविरुद्ध यसअघि नै पक्राउ पूर्जी जारी भएको थियो । 

यो प्रकरणमा ५ पूर्वसचिवसहित ४ सयभन्दा बढी विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङसहित ९ जनालाई सिआइबीले नियन्त्रणमा लिएको छ ।

टिप्पणीहरू