दाेहाबाट आएका चाैधरीको खल्तीमा सुनकाे बिस्कुट

दाेहाबाट आएका चाैधरीको खल्तीमा सुनकाे बिस्कुट

विदेशबाट आएका एक जना यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध सुनसहित पक्राउ परेका छन् । कतारको राजधानी दोहाबाट आएका सुर्खेतका कृष्णकुमार चौधरीलाई प्रहरीले अवैध सुनसहित आज बिहान पक्राउ गरेको हो । 

कतार एयरको उडान नम्बर क्युआर–६५२ बाट काठमाडौँ आइपुगेका चौधरीमाथि शंका लागि भन्सारमा चेकजाँच गर्दा चार थान बिस्कुट आकारको ४६५.८ ग्राम सुन फेला परेको विमानस्थल प्रहरीले जनाएको छ । त्यसपछि उनलाई तत्काल नियन्त्रणमा लिई आवश्यक कारबाहीको निम्ति प्रक्रिया अगाडि बढाइएको जनाइएको छ ।

टिप्पणीहरू