'जुठे' र 'गोथे' विरुद्ध अदालतमा मुद्दा दर्ता, ६४ करोड ९४ लाख बिगो दाबी
'वान एक्स बेट' प्रबर्द्धन गरेको आरोपमा पक्राउ परेका चर्चित कलाकार मरिचमान श्रेष्ठ र राजु पौडेलविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आज यी दुईसहितका कलाकारविरुद्ध अभियोगपत्र दर्ता गरेको हो । अभियोगपपत्रमा मरिचमान र राजुसहित बेगम नेपाली, एलिश राई, दिनेश खड्का, जलन घर्तीमगर, गणेश देवकोटा, अनिता धिताल, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको आरोप लगाइएको छ ।
अभियोगपत्रमा उनीहरुले नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत कार्य गरेकाले सोही ऐनको दफा ९५ अनुसार विगो जफत गरेर ३ गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुबै सजाय माग दाबी गरिएको छ । सबैजनासँग ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ विगो दाबी गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
हाँस्य सिरियल 'हल्का रमाइलो'मा बल्छी र राजु मास्टरको चरित्रबाट नाम कमाएका मरिचमान र राजु पछिल्लो समय उनीहरु आफैंले निर्देशन गरेको टेलिशृंखला 'जुठे' मा जुठे र गोथेको भूमिकामा चर्चित छन् । पछिल्लो समय यो सिरियल युटुबमा ट्रेडिङमा परिरहेको छ ।
टिप्पणीहरू