झोलाभरी पैसा हालेर भारत उड्न ठिक्क परेका अमेरिकी नागरिक एयरपोर्टबाट पक्राउ

झोलाभरी पैसा हालेर भारत उड्न ठिक्क परेका अमेरिकी नागरिक एयरपोर्टबाट पक्राउ

भारत जान लागेका एकजना यात्रु अवैध मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । 

भिस्तारा एयरलाइन्सको उडानमा काठमाडौंबाट भारतको दिल्ली प्रस्थान गर्न लागेका अमेरिकी नागरिक ४९ वर्षीय केभिन वेस्ले फिलिप्सको साथमा विभिन्न देशका मुद्रा भेटिएपछि विमानस्थल प्रहरीले उनलाई समातेको हो । 

प्रहरीका अनुसार विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाको ऐक्सरे मसिनमा स्क्रिनिङ गर्ने क्रममा उनको ब्यागबाट अमेरिकी डलर १ सय दरको ३ सय ८० थान र श्रीलकन रुपैयाँ ५ हजार दरको ५३ थान, १ हजार दरको ४ थान, ५० दरको ५ थान र २० दरको ५ थान बरामद गरिएको छ ।
 

पक्राउ परेका केभिनलाई आवश्यक अनुसन्धानको निम्ति प्रहरी वृत्त गौशाला पठाइएको छ ।
 

टिप्पणीहरू