सहकारी संस्थाका ठग अध्यक्ष र कर्मचारीहरु जेल चलान
मोरङको पथरी शनिश्चरे–६ स्थित सुनदह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित व्यवस्थापक र कर्मचारीलाई जेल पठाइएको छ ।
बचतकर्ताको रकम हिनमिना गरेको आरोपमा अध्यक्ष एलबी भनिने लालबहादुर भण्डारी, व्यवस्थापक राजेन्द्र तामाङ र कर्मचारी विश्वनाथ चौधरी चेल चलान भएका हुन् ।
ठगी कसूरमा अनुसन्धान पश्चात् मोरङ जिल्ला अदालतको आदेशले तीनैजना प्रतिवादीहरू पुर्पक्षको निम्ति कारागार चलानको आदेश दिएको मोरङ प्रहरीले जनाएको छ ।
उनीहरुविरुद्व ९८ जना बचतकर्ताले ७४ लाख १९ हजार ८ सय ७ रुपैयाँ हिनामिना गरेको आरोपमा इलाका प्रहरी कार्यालय पथरीमा उजुरी हालेका थिए ।
टिप्पणीहरू