१६ वर्षे किशोरीलाई छिमेकीको घरमा थुनेर राख्ने सुमन प्रहरी नियन्त्रणमा
ललितपुर प्रहरीले शरीर बन्धक कसुरका एक आरोपितलाई पक्राउ गरेको छ । एक किशोरीलाई घरमा थुनेर राखेको अभियोगमा महाङ्काल गाउँपालिका-३ का २० वर्षीय सुमन न्यासुर आज समातिएका हुन् ।
असार २२ गते बेलुकीदेखि १६ वर्षीय किशोरी हराएको भन्ने निवेदन असार २४ गते ललितपुर प्रहरीमा परेको थियो । प्रहरीले अनुसन्धान शुरु गरिरहँदा ती किशोरीलाई सुमनले सोही गाउँपालिका-६ स्थित बुद्ध थोकरको घरमा थुनेर राखेको भन्ने अर्को उजुरी असार २६ गते दर्ता भयो ।
त्यसपछि ईलाका प्रहरी कार्यालय टुंगुनबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा सुमनलाई नियन्त्रणमा लिएको हो । उनलाई शरीर बन्धक लिन नहुने मुद्दामा ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
पीडित किशोरीलाई भने आफन्तको जिम्मा लगाइएको प्रहरीले बताएको छ ।
टिप्पणीहरू