नयाँ मौद्रिक नीति : घर कर्जा सीमा बढ्यो, सेयर कर्जामा पुनरावलोकन
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । नीतिमा बैंकले बैंक तथा वित्तीय संस्थाको अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राखेको छ ।
आज बिहान राष्ट्र बैंक सञ्चालक समितिको बैठकले पारित गरेको नीतिमा बैंकदर यथावत राखिएको छ भने निक्षेप संकलनको बोलकबोल दरलाई घटाइएको छ ।
त्यसैगरी हालको बैंकदर ७ दशमलव ५ प्रतिशतको सीमालाई यथावत राख्दै घरकर्जाको सीमा एक करोड ५० लाखबाट दुई करोड पुर्याइएको छ ।
बैंकले भनेको छ, ‘सेयर धितो, रियल स्टेट तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने छ ।’ चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गरिने प्रतिबद्धता जनाइएको छ ।
विदेशी मुद्राको सञ्चितिमा बढोत्तरीसँगै विदेश भ्रमणमा जाने नेपालीलाई वार्षिक २५ सय अमेरिकी डलर सटही सुविधा उपलब्ध गराइने भएको छ । हाल एक हजार पाँच सय अमेरिकी डलरसम्मको मुद्रा सटही सुविधा कायम गरिएको छ ।
टिप्पणीहरू