नयाँ मौद्रिक नीतिको अर्थमन्त्रीद्वारा पूर्ण समर्थन

नयाँ मौद्रिक नीतिको अर्थमन्त्रीद्वारा पूर्ण समर्थन

अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ मौद्रिक नीति सार्वजनिक भएपछि अब मुलुकको अर्थतन्त्र चलायमान हुने बताउनुभएको छ । उहाँले हिजो नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको मौद्रिक नीतिमा बैंकहरुको ब्याजदर खुकुलो बनाइएकाले लगानीकर्ता उत्साहित हुने र निजी क्षेत्रमा पुँजी प्रवाह बढ्ने दाबी गर्दै शिथिल भएको अर्थतन्त्रले अब गति लिने धारणा राख्नुभएको हो । 

आज बुटवलमा आयोजित पत्रकार भेटघाटमा अर्थमन्त्री महतले लगानीका क्षेत्रसमेत खुकुलो बनाइएकाले लगानीको वातावरण थप सहज हुने बताउनुभयो । उहाँको भनाई छ, ‘अब छिट्टै शिथिल बनेको अर्थतन्त्र चलायमान हुनेछ ।’

अर्थमन्त्रीले अब मुलुकमा लगानी बढ्ने, पुँजी विस्तार हुने र राजश्व संकलनसमेत बढ्ने जानकारी दिनुभयो ।

टिप्पणीहरू