सामूहिक ऋण मिनाहा गर्नुपर्ने मागसहित गभर्नरको राजीनामा मागियो

सामूहिक ऋण मिनाहा गर्नुपर्ने मागसहित गभर्नरको राजीनामा मागियो

लघुवित्त संस्थाविरुद्धको संघर्ष समितिले नेपाल राष्ट्र बैंकका गभर्नरको राजीनामा मागेका छन् । उनीहरुले माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म जुलुस निकाल्दै चर्का नारा लगाएका हुन् ।

‘लघुवित्त तथा वित्तीय शोषणको विरुद्ध संसद भवन घेराउ कार्यक्रम’ भन्दै समिति उपाध्यक्ष मणिप्रसाद चौलागाईंको नेतृत्वमा आजको जुलुस निकालिएको बताइएको छ । उपाध्यक्षहरु मध्यबहादुर पुन मगर, रमेश सुनार, गगन वि.क, आन्दोलन संरक्षक अगस्त अधिकारी, विभिन्न २८ जिल्लाबाट आएका लघुवित्त संस्था पीडितहरुको सहभागिता रहेको जुलुसमा सामूहिक ऋण मिनाहाको माग चर्कोसँग उठाइएको छ ।

प्लेकार्ड, ब्यानरसहित नाराबाजी गर्दै नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडिको सडकमा पुगेपछि केहीबेर प्रहरी र आन्दोलनकारीबीच विवाद भएको थियो । उनीहरुले ब्याजदर सिंगल डिजिटमा हुनुपर्ने, कपाली तमसुक र बाउन्स चेक खारेज हुनुपर्ने, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने भन्दै वित्तीय शोषणविरुद्ध एक जुट हुन आह्वान गरेका छन् ।

टिप्पणीहरू