लघुवित्त सम्बन्धी गुनासो दर्ता गर्न राष्ट्र बैंकको सूचना

लघुवित्त सम्बन्धी गुनासो दर्ता गर्न राष्ट्र बैंकको सूचना

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासो दर्ता गर्न सम्बन्धित पक्षलाई सूचना गरेको छ । लघुवित्त वित्तीय संस्थाका ऋणीहरुको गुनासो सुनुवाइका लागि अलग्गै डेस्क स्थापना गरेको केन्द्रीय बैंकले निवेदन मागेको हो । 

आज सार्वजनिक सूचनामा लघुवित्त वित्तीय संस्थाले राष्ट्र बैंकले जारी गरेका निर्देशनको पालना नगरेको, तोकेभन्दा बढी ब्याजदर वा अन्य शुल्क लिएको, गैरकानूनी ढंगमा सम्पत्ति लिलामी गरेको, उद्यम व्यवसाय गर्न असहयोग गरेकोलगायत अन्य जुनसुकै गुनासो दर्ता गर्न भनिएको छ ।  बैंकको जुनसुकै कार्यालयमा पनि लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासो दर्ता गरिने जनाउँदै सोको यथोचित समाधान गर्नेतर्फ समेत पहल गर्ने जानकारी दिइएको छ । 

‘नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाका ऋणीहरुको गुनासो सुनुवाइका लागि नेपाल राष्ट्र बैंकले अलग्गै गुनासो सुनुवाई डेस्क स्थापना गरी गुनासो सम्बोधन गर्दै आएको छ,’ सूचनामा भनिएको छ, ‘लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकले जारी गरेका निर्देशनको पालना नगरेको, तोकेभन्दा बढी ब्याजदर वा अन्य शुल्क लिएको, गैरकानूनी ढंगमा सम्पत्ति लिलामी गरेको, उद्यम व्यवसाय गर्न असहयोग गरेकोलगायत अन्य जुनसुकै गुनासो भएमा पैसा तिर्नु नपर्ने फोन नम्बर १८१०५००००२२ मार्फत वा गुनासो दर्ता गर्ने अनलाइन पोर्टल वा इमेलमार्फत कार्यालय समयमा बैंकको जुनसुकै कार्यालयमा निवेदन दर्ता गरी सोको यथोचित समाधान गर्नेतर्फ पहल गर्न सम्बन्धित सबै ऋणीलाई जानकारी गराइन्छ ।’
 

टिप्पणीहरू