रोल्पाको करोडौं रकम यसरी रोकियो
रोल्पामा संघ र प्रदेशबाट प्राप्त पुँजीगत बजेटमध्ये ठूलो हिस्सा खर्च हुन नसकी फिर्ता गएको छ । जिल्लाको पुँजीगत विकासका लागि आएको रकममध्ये ५६ करोड १५ लाख ९० हजार रूपैयाँ खर्च हुन नसकेर फिर्ता गएको हो ।
रोल्पामा संघतर्फका विभिन्न योजनाको लागि ८३ करोड २३ लाख ४३ हजार र प्रदेशतर्फ विभिन्न योजनाका लागि एक अर्ब ३२ करोड ८४ लाख १८ हजार गरी कूल दुई अर्ब १६ करोड ७ लाख ६१ हजार बजेट प्राप्त भएको थियो । खर्च हुन नसकेर फिर्ता गएको उक्त रकम कूल बजेटको करिब २६ प्रतिशत हो ।
यसरी प्राप्त बजेटमध्ये संघतर्फका विभिन्न योजनाको लागि ५७ करोड ७४ लाख ८७ हजार र प्रदेशतर्फका १ अर्ब दुई करोड १६ लाख ८३ हजार गरी कूल १ अर्ब ५९ करोड ९१ लाख ७० हजार रूपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।
खर्च हुन नसकेर फिर्ता गएको बजेटमध्ये संघको २५ करोड ४८ लाख ५५ हजार र प्रदेशको ३० करोड ६७ लाख ३४ हजार छ । जिल्लामा संघतर्फ ५ अर्ब ८३ करोड २६ लाख ९० हजार र प्रदेशतर्फ ७९ करोड ७३ लाख ४५ हजार गरी चालुतर्फ ६ अर्ब ६३ करोड ३५ हजार रूपैयाँ प्राप्त भएको थियो ।
चालुतर्फ प्राप्त बजेटमध्ये संघको पाँच अर्ब ४० करोड २२ लाख नौ हजार र प्रदेशतर्फ ६२ करोड ७४ लाख ४४ हजार गरी कूल ६ अर्ब दुई करोड ९६ लाख ५४ हजार खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय रोल्पाका सूचना अधिकारी हेमन्तराज आचार्यले जानकारी दिए ।
टिप्पणीहरू