चिनियाँ जनमुक्ति सेनाको उच्चस्तरीय टोली काठमाडौंमा

चिनियाँ जनमुक्ति सेनाको उच्चस्तरीय टोली काठमाडौंमा
सुन्नुहोस्

चिनियाँ जनमुक्ति सेनाको एउटा उच्चस्तरीय टोली काठमाडौं आइपुगेको छ । सेनाको तिब्बत मिलिटरी कमाण्डका डेपुटी कमाण्डर तथा मेजर जनरल युयेको नेतृत्वमा सीमा सुरक्षा सम्बन्धी आठ सदस्यीय टोली बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेको बताइन्छ । उनीहरु एअर चाइनाको उडान नम्बर सीए ४३७ मा छन्तु हुँदै आएका हुन् ।

टोलीलाई नेपाली सेनाका उपरथी सागरबहादुर थापा र सहायक रथी सुनिल श्रेष्ठ तथा चिनियाँ दूतावासका डिफेन्स अट्याची वरिष्ठ कर्नेल लिउ को चङ, डेपुटी डिफेन्स अट्याची कर्नेल लुफङलगायतले विमानस्थलमा स्वागत गरेका हुन् । टोलीका केही सदस्यलाई सोल्टी र केहीलाई याक एण्ड यति होटलमा बस्ने प्रबन्ध मिलाइएको छ । 

नेपाली सेनाका उच्च अधिकारीहरुसँगै सरकार र राजनीतिक दलका शीर्ष नेताहरुसँग पनि टोलीले भेटघाट गर्ने कार्यक्रम छ । टोलीमा ह यान्सु, वाङ वेई, लिउ हाइयु, लिङ हुआ, लिउ हुई, सु को हुवा, वाङ चियासुन र लाई रुई छन् । 

जनमुक्ति सेनाका अधिकारीहरु नेपालको भ्रमण गरेर आगामी आइतबार स्वदेश फर्कने बताइएको छ ।
 

टिप्पणीहरू