बालकृष्णलाई भेट्न शेखर कोइराला पुगे केन्द्रीय कारागार
नेपाली काँग्रेसको इतर खेमाका नेता डा. शेखर कोइरालाले नक्कली भुुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पार्टी नेता बालकृष्ण खाँणसँग भेटवार्ता गरेका छन् ।
आज दिउँसो सुन्धारास्थित केन्द्रीय कारागार पुगेर उनले खाँणसँग भेट गरेका हुन् । एक घण्टा लामो भेटका बारेमा थप जानकारी गराइएको छैन ।
काँग्रेसको हालै सम्पन्न केन्द्रीय समिति बैठकमा संस्थापन पक्षका अधिकांश नेताले खाँणको बचाउमा बोल्दा इतर समूह मौन थियो । तर, इतर पक्षका मुख्य नेताले नै कारागार पुगेर भेट्नुलाई अर्थपूर्ण मानिएको छ ।
टिप्पणीहरू