२१.२ प्रतिशतले बढ्यो रेमिट्यान्स, एकै वर्षमा सवा १२ खर्ब नेपाल भित्रियो

२१.२ प्रतिशतले बढ्यो रेमिट्यान्स, एकै वर्षमा सवा १२ खर्ब नेपाल भित्रियो

बैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेसँगै रेमिट्यान्स पनि वृद्धि भएको छ । गत आर्थिक वर्षमा विप्रेषण आप्रवाह अर्थात् रेमिट्यान्स २१.२ प्रतिशतले वृद्धि भएको हो । 

आज विवरण सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९-८० मा २१.२ प्रतिशतले वृद्धि भई १२ खर्ब २० अर्ब ५६ करोड रेमिट्यान्स नेपाल भित्रिएको जनाएको छ । अघिल्लो वर्ष रेमिट्यान्स ४.८ प्रतिशतले बढेको थियो । 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले वृद्धि भई ९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो ।

टिप्पणीहरू