मर्जपछि पनि ग्लोबल आइएमई क्यापिटल नाम कायम

मर्जपछि पनि ग्लोबल आइएमई क्यापिटल नाम कायम

ग्लोबल आइएमई क्यापिटल र तत्कालीन बैंक अफ काठमाण्डूको सहायक कम्पनी बीओके क्यापिटल मर्ज भएका छन् । मर्जरपछि ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नामबाट हिजोदेखि एकीकृत कारोबार औपचारिक रुपमा सुरु भएको बताइएको छ । 

ग्लोबल आइएमई क्यापिटल ग्लोबल आइएमई बैंकको सहायक कम्पनी हो । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू गत पुस २५ गतेदेखि मर्ज भएर ग्लोबल आइएमई बैंक भएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरपछि ग्लोबल आइएमई क्यापिटल पुँजीका आधारमा दोस्रो ठूलो कम्पनीको रुपमा स्थापित भएको बताए । उनले नियामक निकाय धितोपत्र बोर्ड मर्चेन्ट बैंकरहरुको हालको कार्यको दायरा फराकिलो र आधुनिकीकरण गराउनेमा केन्द्रित हुनुपर्ने बताए ।

टिप्पणीहरू