एक महिनामा एक खर्ब १५ अर्बको व्यापार घाटा

एक महिनामा एक खर्ब १५ अर्बको व्यापार घाटा
सुन्नुहोस्

चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको व्यापार घाटा एक खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष ०८०/८१ को पहिलो महिनाको रिपोर्टमा उक्त तथ्याङ्क उल्लेख छ ।

विभागका अनुसार गत साउन महिनामा एक खर्ब २९ अर्ब रुपैयाँको वस्तु आयात गरिएको छ । सोही महिनामा १३ अर्ब ५१ करोड रुपैयाँको वस्तु निर्यात भएको उल्लेख छ ।

अघिल्लो आर्थिक वर्षको उक्त महिनामा एक खर्ब ३१ अर्ब रुपैयाँको आयात गरिएको थियो । त्यतिबेला १४ अर्ब ८० करोड रुपैयाँको निर्यात भएको थियो ।

चालु आर्थिक वर्षको पहिलो महिनामा आयात र निर्यात दुबै घटेको छ ।

टिप्पणीहरू