बुद्ध एअरको विमानमा स्याल ठोक्कियो
4.69K shares

भैरहवा विमानस्थलमा बुद्ध एअरको विमानमा स्याल ठोक्किएको छ । आज बिहान काठमाडौंतर्फ उड्न ठिक्क परेको बुद्धको उडान नम्बर यु४–८५२ (९एन–एएनएच) विमानमा स्याल ठोक्किएको हो ।
७२ जना यात्रु लिएर रन वेमा दौडिरहेको विमानमा स्याल ठोक्किएको थियो । त्यसपछि विमानलाई रन वेबाट पार्किङमा ल्याइएको हो ।
प्राविधिक जाँच जाँच पश्चात् झण्डै दुई घण्टापछि विमान सवा ११ बजे मात्रै भैरहवाबाट प्रस्थान गरेको थियो ।
4.69K shares
टिप्पणीहरू