उच्छृंखल व्यवहार गर्दै हिँडेका एक दर्जन पक्राउ, सवारी साधन पनि नियन्त्रणमा

उच्छृंखल व्यवहार गर्दै हिँडेका एक दर्जन पक्राउ, सवारी साधन पनि नियन्त्रणमा
सुन्नुहोस्

प्रहरीले होलीको नाममा उच्छृंखल गतिविधि गरेको आरोपमा काठमाडौंमा ११ जनालाई पक्रेको छ । तीमध्ये दुई जना महिला हुन् ।

जिल्ला प्रहरी परिसरका अनुसार न्यूरोडबाट तीन जना, कोटेश्वरबाट चार र सिंहदरबारको मूल गेट नजिकैबाट दुइ जनालाई प्रक्रिएको हो । दुई महिला ठमेल क्षेत्रबाट पक्राउ परेका हुन् ।

त्यसैगरी ट्राफिक प्रहरीले ४० थान सवारी साधन नियन्त्रणमा लिएको जनाएको छ । तीमध्ये ३९ थान मोटरसाइकल र स्कुटर हुन् भने एउटा कार रहेको बताइन्छ ।

टिप्पणीहरू