काठमाण्डौको आकाशमा दुर्घटनाबाट जोगियो अर्को जहाज

युएईको सारजाहबाट आएको एयर अरेबियाको विमान आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ठूलो दुर्घटनाबाट जोगिएको छ ।
दिउँसो १ बजेर ५ मीनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि ‘मिस एप्रोच’ गरेको विमान दुर्घटनाबाट उम्किएको हो ।
विमानस्थलबाट करिब पाँच सय मीटरको दूरीमा कोटेश्वरको नरेफाँटमाथि आइपुगेपछि एक्कासी हावाको भुमरीका विमान हल्लिएर मिस एप्रोच भएको थियो । उड्डयन क्षेत्रमा दुई तर्फको हावा मिसिएपछि बन्ने भुमरीलाई विन्ड सियर भनिन्छ ।
बेलैमा ‘ओभरसुट’ गरेका कारण अपृय स्थिति आउन पाएन ।विमानस्थलबाट करिब पाँच सय मीटरको दूरीमा कोटेश्वरको नरेफाँटमाथि आइपुगेपछि एक्कासी हावाको भुमरीका विमान हल्लिएर मिस एप्रोच भएको थियो । उड्डयन क्षेत्रमा दुई तर्फको हावा मिसिएपछि बन्ने भुमरीलाई विन्ड सियर भनिन्छ ।
टिप्पणीहरू