चुरोटको ठुटा फालेको विवादमा अभिनेत्रीले खुलाइन् भित्री वस्त्रको मूल्य

‘स्टेजमा पाँच मिनेट डान्स गरेको तीन लाख लिन्छु’ भन्दै विवादमा तानिएकी अभिनेत्री सुष्मा कार्कीको फेरि अर्को लफडा बाहिर आएको छ । एक दर्जनभन्दा बढी चलचित्रमा काम गरे पनि अभियनभन्दा विवादित अभिव्यक्तिले चर्चामा आउने गरेकी छन् ।
गत वर्षदेखि अष्ट्रेलियामा रहेकी उनी आफ्नै रुममेटसँगको लफडाले विवादमा परेकी हुन् । बताइएअनुसार सुष्मा र नेहा श्रेष्ठले एउटा फ्ल्याट भाडामा लिएर रुम सेयर गर्दै आएका थिए ।
तर, सुष्माले पछिल्लो समय चुरोटको ठुटा जथाभावी फाल्ने गरेको र कोठा पनि सफा नगरेको नेहाको आरोप छ । कोठा सफा राख्न आग्रह गर्दा उल्टै अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको अडियो नेहाले सार्वजनिक गरेकी छन्, जुन सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
‘घरजस्तो फिल हुन सकेन रे ! घरलाई घर नसोची भट्टी सोचेर रुममा, बाथरुममा जतासुकै स्मोक गरेपछि घरजस्तो भाइब्स कसलाई आउँछ ?’, नेहाको मेसेज छ, ‘भन्दाभन्दा वाक्क भएर प्यासेज पनि गरेको सफा गरौँ है दिदी भनेर ! अस्ति फेरि मैले सफा गरेको बाल्कोनीमा स्मोक गरेर यत्तिकै छोडिदिने ?’
जवाफमा सुष्माले अश्लिल शब्दसहित छाडा बोलेको अडियोमा सुन्न सकिन्छ । नेहाले कोठामा धेरै किचकिच गर्दै आएको सुष्माको जिकिर छ । ‘मैले तीन चार महिनामा दुईपटक मात्रै लुगा धोएँ भनिस् । म एउटा लुगा एक पटक मात्र लगाउँछु तँलाई थाहा छ कि छैन ? मेरो कट्टु र ब्राको ५५ हजार रुपैयाँ पर्छ भनेर सुनेकी थिइस् कि थिइनस् ?’, उनले थपेकी छन् ।
टिप्पणीहरू