होलीमा गुठी पीडितहरुको नारा : पहिले हाम्रै हो, पछि गुठी किन भो ?

स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले आज पनि राजधानीमा धर्ना कार्यक्रम राखेको छ । गौशालास्थित पशुपति धर्मशालाबाट ब्यानर प्लेकार्ड बोकेर निस्केका गुठी पीडितहरु मध्यान्ह १२ बजेदेखि माइतीघरमा धर्नामा बसेका छन ।
समिति उपाध्यक्ष बालकृष्ण चौधरीको नेतृत्वमा सल्लाहकार भरतलाल चौधरीलगायतको सहभागिता छ । उनीहरुले विशेष प्रकृतिको निजी गुठी स्वर्गद्वारी आश्रमको मोही किसानको मोहियानी हक प्रमाणपत्र अनुसारको जग्गा प्राप्त हुनुपर्ने माग गरेका छन् । त्यससम्बन्धी कानुन निर्माणको निम्ति माइतीघरमा दबाबमूलक धर्नामा बस्न उनीहरु पशुपति धर्मशालाबाट ब्यानर, प्लेकार्ड सहितको र्यालीमा निस्केका हुन् ।
प्रदर्शनकारीहरुले मोही किसान सँगको सम्झौता कार्यान्यन गर, रगत पसिना बगायौं बद्लामा के पायौं ?, स्वर्गद्वारी गुठी पीडितको आन्दोलन जारी छ, मोही किसानलाई न्याय गर, पहिले जग्गा हाम्रै हो पछी गुठी किन भो ?, स्वर्गद्वारी गुठी जग्गा मोही किसान कै नाममा रैकर गरलगायत नारा लेखिएको प्लेकार्ड बोकेका छन् ।
टिप्पणीहरू