३४ पेजको पासपोर्टका लागि आवेदन आजैदेखि
राहदानी विभागले ३४ पृष्ठको राहदानीका लागि आवेदन लिन शुरु गरेको छ । विभागले आजदेखि ‘प्रिइन्रोलमेण्ट’ गर्ने सेवाग्राहीहरुले ३४ पृष्ठको राहदानी छनौट गरी आवेदन दिन सक्ने व्यवस्था गरेको हो ।
‘१८ सेप्टेम्बर २०२३ (तदनुरुप २०८० आश्विन ०१ गते) देखि ३४ पृष्ठको राहदानीका लागि आवेदन सुचारु गरिएको व्यहोरा सबैमा अनुरोध छ । तसर्थ, उल्लेखित मितिबाट प्रिइन्रोलमेण्ट गर्ने सेवाग्राहीहरुले ३४ पृष्ठ छनौट गरी आवेदन गर्नुहुन’, विभागद्वारा जारी सूचनामा उल्लेख छ ।
सरकारले साधारण सेवाग्राहीका लागि ३४ र ६६ पृष्ठ गरी दुई खालको राहदानी वितरण गर्दै आएको छ । ३४ पृष्ठको राहदानीको बुक सकिएपछि सरकारले ६६ पृष्ठको मात्र वितरण गर्दै आएको थियो ।
टिप्पणीहरू