राष्ट्र बैंकले बनाउन थाल्यो ‘गाईछाप’ चाँदीको सिक्का
नेपाल राष्ट्र बैंकले राष्ट्रिय जनावर गाईको चित्र अंकित सिक्का ‘मेडालियन’ टकमरी बनाउँदै बिक्री वितरण थालेको छ । गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गरेका छन् ।
बैंकका अनुसार २५ ग्राम सिक्काको मूल्य चार हजार र १० ग्रामको मूल्य १६ सय तोकिएको छ । बैंकको ढुकुटीमा मौज्दात रहेको चाँदीलाई गलान गरेर टक्सार महाशाखाले बबरमहलस्थित कारखानामा सिक्का टकमरी गरेको हो ।
टिप्पणीहरू