एक पास २८ फेल – श्रीमान बन्न हुने झेली खेल

एक पास २८ फेल – श्रीमान बन्न हुने झेली खेल
सुन्नुहोस्

‘बहुमत फेल–एक्लो बृहस्पति झुठो खेल, क्या हो ?’ यो आधुनिक शहर खाने कथाको ठीक जवाफ हो– ‘जिल्ला न्यायाधीशको जाँच पास र नियुक्ति ।’ परीक्षामा सहभागी २११ जनामध्ये पास हुने पारसमणि पोखरेलसँगै फेल हुने १५ जना र परीक्षामा सामेल नै नभएका १३ जना गरी २९ जना पनि न्यायाधीश बनेपछि यो उखान जन्मिएको हो ।

न्यायसेवा आयोगको अनुरोधमा लोकसेवा आयोगले न्यायाधीशको परीक्षा गराउँदै आएको छ । फेल भएर पनि न्यायाधीश हुने भाग्यमानीको पक्षमा न्यायपरिषद्, न्यायाधीश समाज र नेपाल बार एशोसिएसनले मौन सहमति देखाए जस्तै छ । किनभने फेल हुनेहरू पनि पास गराएको बारेमा कसैले आवाज उठाएको सुनिएको छैन । अरु बेला विधिको कुरा गर्ने न्यायाधीश समाज र वकिलहरूले फेल भएकाहरूलाई न्यायाधीश बनाइएपछि एउटा वक्तव्य पनि निकालेका छैनन् ।

न्यायाधीश नियुक्तिको यो प्रकरणले लोकसेवाको जाँच नौटंकी सावित भएको छ भने नियुक्त न्यायाधीशको योग्यता र दक्षतामाथि प्रश्न उब्जिएको छ । कतिपयले न्यायाधीश नियुक्तिका लागि जाँचपास गर्न राखिएको प्रावधान नै अव्यावहारिक भएको दाबी गर्दै आएका छन् । जसकारण जिल्ला न्यायाधीशको नियुक्तिमा फेल हुनेहरू पनि समावेश गर्नुपर्ने बाध्यता आइलागेको बताइन्छ ।

जिल्ला न्यायाधीशको ३८ रिक्त दरबन्दीमध्ये २९ जनाको मात्रै पदपूर्ति भएको छ । प्रश्न उठेको छ– जाँच लिँदै, फेल गराउँदै, फेल हुनेलाई नै नियुक्ति दिने झन्झटिलो र बदनाम काम किन गर्नुपर्‍याे ? योग्यहरूलाई सोझै नियुक्ति दिए सबै टन्टा साफ हुन्न र ! नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे भने अधिवक्ताहरूलाई न्यायाधीश हुनबाट रोक्ने कर्मचारीको खेलोफड्कोका रूपमा परीक्षा प्रणालीलाई लिन्छन् ।

यी सबै कानुनी प्रावधान र दाउपेचले ‘एक पास २८ फेल–न्यायाधीशमा सफा झेल’ भएको देखिन्छ । अर्कोतर्फ रिक्त पदमा न्यायाधीश नियुक्तिबारे निवेदन माग गरिएको छैन, कसैले निवेदन हालेका छैनन्, सर्ट लिस्ट पनि सार्वजनिक गरिएको देखिँदैन । केका आधारमा न्याय सेवामा कार्यरत यी मात्रै योग्य र दक्ष ठानिए, पारदर्शी छैन ।

टिप्पणीहरू