मुख्यमन्त्री कार्यालयमा चारै जना शर्मा नियुक्त

मुख्यमन्त्री कार्यालयमा चारै जना शर्मा नियुक्त
सुन्नुहोस्

नेकपा माओवादी केन्द्रले तीनमहिने अभियान थालेर पार्टी तथा नेताको रूपान्तरण अभियान थालिरहेको बेला उसका पोलिटब्युरो सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले अभियानकै धज्जी उडाएका छन् । 

उनले सचिवालयमा आफ्नै परिवारका सदस्यहरूलाई नियुक्ति दिएका छन् । दुई जनालाई कार्यकालको शुरुमै नियुक्ति दिएका थिए भने दुई जनालाई केही दिनअघि मात्र सल्लाहकार बनाएका छन् । उनका प्रमुख प्रशासनिक सल्लाहकार भरतकुमार शर्मा हुन् ।

नाताले मुख्यमन्त्रीका भिनाजु उनी यसअघि स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारीदेखि कर्णाली प्रदेश सरकारको निमित्त सचिव थिए । त्यस्तै, शर्माले प्रमुख स्वकीय सचिवमा पनि आफ्नै गृह नगर चौरजहारीका शैलेश शर्मालाई नियुक्त गरेका छन् । जनसम्पर्क सल्लाहकारमा हरिमाया शर्मा र प्रेस सल्लाहकारमा प्रतिक शर्मालाई नियुक्त गरेका छन् ।

जिल्ला समन्वय समिति र स्थानीय सरकार मिलेर मदिरा निषेध अभियानअन्तर्गत व्यवसायीको सटर बन्द गरे पनि आठबिसकोटमा भने माओवादी निकटहरूले सञ्चालन गरेको करोडौं लगानीको मदिरा उद्योगलाई खुला गरेका थिए । 
 

टिप्पणीहरू