सुधिर बस्नेतको कोहिनुर पनि लिलामीमा चढ्यो
राष्ट्रिय वाणिज्य बैंकले ललितपुरको इमाडोलस्थित कोहिनुर हिल्स हाउजिङ लिलामी प्रक्रिया शुरु गरेको छ । बैंकले कम्पनीका सञ्चालक सुधीर बस्नेतलाई ३५ दिनभित्र ऋण तिर्न समय दिएको सूचना आज प्रकाशित छ ।
इमाडोलको १८ रोपनी १९ आना जग्गा र सोमा बनेको भवन लिलामीको न्यूनतम मूल्य ८४ करोड ६५ लाख ३३ हजार रुपैयाँ तोकिएको छ ।
ओरेन्टल कोअपरेटिभ लिमिटेडका बचतकर्ताले आफ्नो रकम फिर्ता पाएका छैनन् । ओरेन्टललाई समस्याग्रस्त घोषणा गरिसकिएको छ ।
टिप्पणीहरू