सिटिजन्सका ग्राहकलाई गुरु ट्राभल्समा १० हजारसम्मको छुट
सिटिजन्स बैंकका ग्राहकले गुरु ट्राभल्स लिमिटेडमा विशेष छुट पाउने भएका छन् । डिजिटल बैंकिङ्ग माध्यमको प्रयोग बढाउन बैंकले काठमाडौंको दरबारमार्गमा रहेको गुरु ट्राभल्ससँग समझदारी गरेको छ ।
बैंकका कार्डवाहक ग्राहकले गुरु ट्राभल्समार्फत विभिन्न अन्तर्राष्ट्रिय भ्रमण प्याकेजहरु लिँदा १० हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने बताइएको छ । यो सँगै गुरु ट्राभल्सको सिफारिसमा डलर÷ट्राभल्स कार्ड बनाउने ग्राहकलाई बैंकले कार्ड शुल्कमा पनि आकर्षक छुट दिने व्यवस्था छ ।
यस किसिमको सहकार्यबाट आफ्ना ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण बैंकको वेबसाइट राखिएको छ ।
आफ्ना ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानीतर्फ प्रोत्साहन गर्न बैंकले समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।
सिटिजन्स बैंकले हालसम्म आफ्ना १८८ वटा शाखा, १४८ वटा एटिएम, तीन वटा विस्तारित काउण्टर र ९७ वटा शाखारहित बैंकिङ्ग इकाइबाट १६ लाख ५० हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
टिप्पणीहरू