कजरिया टायल्सको उत्पादनमा एभरेष्ट बैंकको वित्तीय सहयोग

कजरिया टायल्सको उत्पादनमा एभरेष्ट बैंकको वित्तीय सहयोग
सुन्नुहोस्

एभरेष्ट बैंक लिमिटेडको अगुवाईमा कजरिया रमेश टायल्स लिमिटेडमा लगानी गर्ने सम्बन्धमा सह–वित्तियकरणअन्तर्गत सहभागी बैंकहरुबीच वित्तिय सहजीकरण कार्य सम्पन्न भएको छ । 

अगुवा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र रमेश टायल्स लिमिटेडका उपाध्यक्ष रोहित गुप्ताबीच समझदारी पत्रमा हस्ताक्षर भएको जनाइएको छ । कार्यक्रममा सह–वित्तियकरणका अन्य सदस्य बैंकहरु नबिल, नेपाल एसबिआई र प्रभुका उच्च पदस्थ अधिकारीसमेतको उपस्थिति थियो ।

नेपाललाई टायल्स उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ नवलपरासीमा रहेको प्लान्टबाट उत्पादन हुने टायल्सको कुल लागत चार अर्बमध्ये सह–वित्तियकरण अन्तर्गत तीन अर्ब रुपैयाँ लगानी रहनेछ । 

विश्वको सातौं ठूलो टायल्स उत्पादन कम्पनी कजरिया सेरामिक्स भारतको संयुक्त लगानी रहेको कजरिया रमेश टायल्स लिमिटेडले नेपालमा अन्तर्राष्ट्रिय मापदण्डबमोजिम गुणस्तरीय सामाग्री उत्पादन गर्न लागेको हो । 

आगामी मार्चदेखि उत्पादन शुरु हुने उक्त परियोजनाले मुलुकमा हुने टायल्सको माग पूरा गरी आयात प्रतिस्थापनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।

टिप्पणीहरू