राष्ट्रिय वाणिज्य बैंकको नयाँ अफर : ब्याज भुक्तानीमा छुट
राष्ट्रिय वाणिज्य बैंकले विजया दशमी, दीपावली, न्यु दँया भिन्तुना र छठ पर्वको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ ।
बैंकले चाडपर्वलाई लक्षित गर्दै कात्तिक मसान्तसम्म सबै प्रकारका ब्याज भुक्तानीमा ५ प्रतिशत छुट दिने निर्णय गरेको बताइएको छ ।
बैंकले यसबाट आफ्ना सेवाग्राहीले लाभ प्राप्त गर्नसक्ने विश्वास लिएको छ ।
टिप्पणीहरू