पाकिस्तानमा नेपाली सैनिक अधिकृतलाई स्वर्ण पदक

पाकिस्तानमा नेपाली सैनिक अधिकृतलाई स्वर्ण पदक
सुन्नुहोस्

पाकिस्तानमा तालिमरत नेपाली सेनाका एक जना सैनिक अधिकृतलाई पुरस्कृत गरिएको छ । क्याडेट श्रृजन बानियालाई पाकिस्तानी सेनाको चेयरम्यान ज्वाइन्ट चिफ्स अफ स्टाफ कमिटी ओभरसिज गोल्ड मेडल प्रदान गरिएको बताइएको छ । 

पाकिस्तानमा भएको तालिममा उत्कृष्ट विदेशी सैनिक घोषितपछि बानियालाई पाकिस्तान मिलिटरी एकेडेमी, अबुदवादमा हिजो आयोजित पासिङ आउट समारोहमा पुरस्कृत गरिएको हो ।

पुरस्कार प्रदान गर्नुअघि तालिम अवधिभर नेपाली क्याडेटको निकै ठूलो लगनशीलता र मेहनत देखिएको उल्लेख गरिएको थियो ।

टिप्पणीहरू