छोरोले हानेको ढुंगाले लागेर बाबु ठहरै

छोरोले हानेको ढुंगाले लागेर बाबु ठहरै

कैलालीमा आफ्नै बाबुको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई समातेको छ । 

जानकी गाउँपालिका-३ लाईकपुर चौधरी गाउँका ४५ वर्षीय हिरासिंह चौधरीको हत्या गरेको अभियोगमा उनका २४ वर्षीय छोरा गणेश चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । 

घरायसी विवादको क्रममा गणेशले ढुंगाले हानेर बाबुको ज्यान लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । गएराती हिरासिंहको घरको आँगनमा मृत्यु भएपछि ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले गणेशलाई नियन्त्रणमा लिएको हो । 

यससम्बन्धमा आवश्यक अनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू