आजदेखि सुनका असर्फी र चाँदीका सिक्का किन्न पाइने
नेपाल राष्ट्र बैंङ्कले तिहारलाई लक्षित गरेर आजदेखि सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्न शुरु गरेको छ । कात्तिक २४ गतेसम्म असर्फी र सिक्का बिक्री गरिनेछ ।
चाँदीको ५, १० र २५ ग्रामको सिक्का र २.५, ५ र १० ग्रामको सुनको असर्फी बिक्री वितरण शुरु गरेको केन्द्रीय बैंकले जनाएको छ । सुनका असर्फी बढीमा एक व्यक्तिले एक सेट मात्रै किन्न पाउने व्यवस्था गरिएको छ ।
२५ ग्रामको सिक्कामा गाईको चित्र अंकित रहेको छ । १० ग्रामको सिक्कामा भने गाई, लक्ष्मी, गणेश र गजलक्ष्मी अंकित रहेको बताइएको छ ।
असर्फी र सिक्का खरिद गर्दा नगद वा क्युआरमार्फत भुक्तानी गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
टिप्पणीहरू