ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त
ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुनिल पोखरेल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको हिजोको बैठकले पोखरेललाई नियुक्त गरेको बताइएको छ ।
दुई दशक लामो बैंक तथा वित्तीय क्षेत्रमा काम गरेको अनुभवसँगै उनी विगतमा आइएमई ग्रुपको वरिष्ठ उपाध्यक्षको भूमिकामा थिए । पोखरेल आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा पनि थिए ।
टिप्पणीहरू