तीन जनाले पाए एनसेलको स्कुटर
एनसेलको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजनाअन्तर्गत तीन जना ग्राहकले बम्पर पुरस्कारमा स्कुटर प्राप्त गरेका छन् । बम्पर पुरस्कार जित्न सफल सातमध्ये तीन ग्राहकलाई पुरस्कार हस्तान्तरण गरिएको बताइएको छ ।
विराटनगरको एनसेल सेन्टरमा एक कार्यक्रमबीच अभिनेत्री प्रियंका कार्कीले सुनसरीका रोहन शर्मालाई बम्पर पुरस्कार हस्तान्तरण गरेकी छन् । कैलालीको धनगढीमा अभिनेत्री केकी अधिकारीले गोमाकुमारी खराललाई बम्पर पुरस्कारको स्कुटर हस्तान्तरण गरेकी हुन् ।
यता, मकवानपुरको हेटौंडामा भने एनसेलका प्रोडक्टस् डाईरेक्टर विशाल नेगीले चितवनकी रिना लढकाललाई पुरस्कार हस्तान्तरण गरेका छन् । यो योजना एनसेलको १८ औं वार्षिकोत्सवको अवसरमा ब्रान्ड प्रतिबद्धता ‘हामी तपाईंकै लागि’ अन्तर्गत सञ्चालन गरिएको थियो । भदौ ३१ देखि २८ दिनसम्म जारी योजनामा प्रत्येक ग्राहकलाई दैनिक ‘स्योर प्राइज’ प्रदान गरिएको थियो ।
एनसेलसम्बन्धी उत्कृष्ट नारा पठाउने एक हजार ग्राहकलाई हरेक हप्ता सय रुपैयाँ बोनस ब्यालेन्स प्रदान गरिएको कम्पनीले जनाएको छ । योजनाअन्तर्गत दैनिक रुपमा ग्राहकलाई प्रदान गरिएको स्योर प्राइजहरुमा डिजिटल सेवा, ब्यालेन्स, डाटा, टक टाइम र एसएमएस सेवा रहेको बताइएको छ ।
साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका लागि योग्य ग्राहकले सर्तअनुसार एनसेलको बारेमा नारा पठाएका थिए । यस अवधिमा मुलुकभरका ग्राहकबाट कम्पनीले ४५ हजारभन्दा बढी नारा प्राप्त गरेको छ ।
साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका विजेता क्रिएटिभ एजेन्सीमार्फत गरिएको नाराहरुको मूल्याङ्कन र विजेता छनोट प्रक्रियाको एक अडिट फर्मद्वारा गरिएको परीक्षणको आधारमा छानिएका थिए ।
यस योजनाअन्तर्गत एनसेलले बम्पर पुरस्कारस्वरूप सात जना विजेतालाई स्कुटर उपलब्ध गराउने घोषणा गरेको थियो । बाँकी चार विजेतालाई आज र भोलि बम्पर प्राइजको उपहार दिइनेछ ।
टिप्पणीहरू