मलेसियाको नेपाली दूतावास भोलिदेखि बुधबारसम्म बन्द

मलेसियाको नेपाली दूतावास भोलिदेखि बुधबारसम्म बन्द

मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूतावास भोलिदेखि पाँच दिन बन्द हुने भएको छ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको अवसरमा कात्तिक २७ देखि २९ गतेसम्म दूतावास बन्द गर्न लागिएको जनाइएको छ ।  

भोलि शनिबार र पर्सि आइतबार साप्ताहिक बिदा परेकाले दूतावास लगातार पाँच दिन बन्द हुन लागेको हो । दूतावासले जारी गरेको सूचनामा सो अवधिभर कन्सुलर सेवा बन्द हुने छ । 

तर बिदामा कुनै आपतकालीन सेवा आवश्यक परेमा हटलाइन नम्बर ०१६२४७२७७७ मा सम्पर्क गर्न सूचित गरेको छ ।

टिप्पणीहरू