बिके श्रेष्ठको कुर्सीमा डा.बालगोपाल वैद्य
एभरेष्ट बैंक सञ्चालक समितिको अध्यक्षमा डा.बालगोपाल वैद्य नियुक्त भएका छन् । उनलाई सञ्चालक समितिको बैठकले नियुक्त गरेको हो ।
बैद्यले आजै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष बैंकको केन्द्रीय कार्यालय, बालुवाटार पुगेर पद तथा गोपनियताको शपथ लिएका छन् ।
यसअघि उक्त बैंकका अध्यक्ष बिके श्रेष्ठ अर्थात विष्णुकृष्ण श्रेष्ठ थिए । उनी एभरेष्ट बैंकका ठूला लगानीकर्तामध्ये एक हुन् । लामो समय बिरामी परेका श्रेष्ठको गत दशैं नवमीको दिन निधन भएपछि पद खाली थियो ।
अर्थशास्त्री वैद्य राष्ट्रिय योजना आयोगका भूतपूर्व सदस्य हुन् । उनी न्यु एरासँग सन् १९७२ देखि आवद्ध छन् ।
टिप्पणीहरू