राज्यलाई धेरै कर बुझाउनेको सूचीमा अरु, डलर अर्बपतिको नाम ‘मरु’

राज्यलाई धेरै कर बुझाउनेको सूचीमा अरु, डलर अर्बपतिको नाम ‘मरु’
सुन्नुहोस्

सरकारले राज्यलाई सबैभन्दा धेरै कर तिर्ने १६ क्षेत्रका व्यक्ति र संस्थालाई आज सम्मान गरेको छ । राष्ट्रिय कर दिवस, २०८० का अवसरमा सञ्चालित कर सप्ताह समापन समारोहमा अर्थमन्त्री प्रकाशशरण महतले विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गरेका थिए ।

तर,सूचीमा मुलुककै सर्वाधिक धनी,विश्वका डलर अर्बपतिमध्येका एक भनिएका काँग्रेस सांसद तथा विवादास्पद व्यापारी विनोद चौधरीको नामोनिशान छैन । आफूलाई डलर अर्बपतिको प्रचार गराउने तर राज्यको दोहन गर्न नछाड्ने उनको गतिविधिका कारण सर्वाधिक कर तिर्नेमा उनी, उनको व्यापारिक समूह सिजी ग्रुप नपरेको अर्थ मन्त्रालयका अधिकारीहरुको भनाई छ ।

आफूलाई डलर अर्बपतिको प्रचार गराउने तर राज्यको दोहन गर्न नछाड्ने उनको गतिविधिका कारण सर्वाधिक कर तिर्नेमा उनी, उनको व्यापारिक समूह सिजी ग्रुप नपरेको अर्थ मन्त्रालयका अधिकारीहरुको भनाई छ । 

सरकारले आर्थिक वर्ष ०७८/७९ मा सबैभन्दा बढी आयकर दाखिला गरेको भन्दै नेपाल दूरसञ्चार कम्पनी, ग्लोबल आईएमई बैंक, मनकामना दर्शन प्रा.लि, भाटभटेनी सुपरमार्केट, आईएमई लिमिटेडलगायत १६ कम्पनी, संस्था र व्यक्तिलाई आज सम्मान गरेको हो । यस्तो सम्मान हरेक वर्षको मंसिरमा हुने गरेको छ । तर, मुलुककै सर्वाधिक धनी भनिएका डलर अर्बपतिले राज्यलाई कर नतिरेका कारण उनको नाम कहिल्यै उक्त सूचीमा नपरेको हो ।

जबकि सरकारले उत्कृष्ट करदातालाई एक वर्षका लागि विशेष प्रकारको परिचयपत्र उपलब्ध गराउने भएको छ । चौधरी भने, सांसदको हैसियतमा आवश्यकताअनुसार रातो पासपोर्ट र गोपनीयता लुकाउन हरियो पासपोर्टको प्रयोग गरेर विदेश जाउआउ गर्ने गर्छन् । 

उनले आफू वाईवाई चाउचाउको उत्पादन र बिक्री वितरणबाट डलर अर्बपति भएको बताउँदै आएका छन् । उक्त चाउचाउको मुख्य कारखाना ललितपुरको सैंबुमा छ । तर, सोही चाउचाउको बिक्रीबाट तिरेको करको आधारमा उनी कहिल्यै मुलुकभित्र धेरै कर बुझाउनेमा परेका छैनन् । विनोद चौधरी अधिकांश मुलुकमा अवैध तवरले नेपालबाट लगिएको डलर लगानी गरेर धनी भएको यसबाट पनि प्रष्ट भएको अधिकारीहरुको निचोड छ ।

टिप्पणीहरू