प्रेम चलाउनेलाई कुट्ने काँग्रेस कार्यकर्तालाई २ वर्षको कैद

प्रेम चलाउनेलाई कुट्ने काँग्रेस कार्यकर्तालाई २ वर्षको कैद

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने नेपाली काँग्रेसको भ्रातृ संगठन नेविसंघका ६ जना कार्यकर्तालाई २ वर्ष कैद सजाय तोकिएको छ । 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोद खतिवडाको इजलासले आज उक्त फैसला सुनाएको हो । अदालतले प्रतिवादीहरूबाट दामासाही रूपमा २८ लाख १७ हजार ५ सय ९३ रूपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको छ । 

उपप्राध्यापक चलाउनेमाथि नेविसंघका कार्यकर्ताहरु रुपेश शाह, रविनकुमार लामा, निरज रानामगर, सयुस भन्ने सयुज श्रेष्ठ, हरि आचार्य र योगेन्द्र रावलले  २० असोज २०७७ मा आक्रमण गरेका थिए । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले उनीहरुविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएको थियो ।

टिप्पणीहरू