काँग्रेसले थप्यो १० सदस्य

काँग्रेसले थप्यो १० सदस्य

नेपाली काँग्रेसको व्यवसायिक सिप विकास विभागमा सदस्य थपिएका छन् । सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य गंगालक्ष्मी अवाल प्रमुख रहेको विभागमा १० सदस्य मनोनीत गर्नुभएको जानकारी दिइएको छ ।

नेपाली काँग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनयन गरिएको बताइएको छ । 

थपिएका सदस्यमा झापाकी बिना तामाङ्ग, धनुषाका कोमलकान्त झा, भक्तपुरकी प्रतिभा अदुवा श्रेष्ठ, कास्कीकी निशा मल्ल ठकुरी, काठमाडौंका सुनिल श्रेष्ठ, बाँकेकी उमाकुमारी थापा, ललितपुरकी फरिन्दा महर्जन, जाजरकोटका रमेश केसी, काठमाडौंकी सीतादेवी बस्नेत कार्की र कञ्चनपुरकी प्रमिला जैरु हुन् ।

टिप्पणीहरू